शनिबार, बैशाख ८, २०८१

ह्वात्तै बढ्यो कोभिड संक्रमित, आजमात्र ३९३ जना संक्रमितको पहिचान

काठमाडौं पुस २०,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ हजार ७९४ जनामा पीसीआर परीक्षणको क्रममा ३५५ जना र १ हजार ५३५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जना सहित कुल ३९३ जना कोभिडसङ्क्रमित थपिएको जनाएको छ।

त्यस्ते पछिल्लो २४ घण्टामा २६३ जना संक्रमित कोभिडमुक्र भएका छन भने सोही अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, देशभर हालसम्म ५ हजार ९४ जना सक्रिय सङ्क्रमित रहेको जनाउँदै  मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएको छ।