शनिबार, बैशाख ८, २०८१

स्वास्थ्य सर्तकता सहित  स्वस्थानी शालिनादी व्रत मेला सञ्चालन गरिने

  •  काठमाडौं  पुस २९
    अनुप प्रधान

काठमाडौं उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिने माधवनारायण स्वस्थानी व्रत शालिनादीमा  पछिल्लो समय  बढ्दो  कोभिड जोखिमका वीच पनि परम्परा जोगाउन आवश्यक सम्पर्ण तयारी गर्दै मेलाको आयोजना गरिने भएको  छ ।

मनोकाक्षां पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएका कारण यसको महत्व रहँदै आएको छ ।

मेलाको आयोजनाको जानकारीदिन बुधवार आयोजित पत्रकार सम्मेलनमा  माधवनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मिलेन्द्रकाजी श्रेष्ठले  जानकारीदिनु भएकोछ ।

तयस्त्ै उहाँले   त्यस्तै समितिले यसपटकको मेलामा व्रत बस्ने  व्रतालुको पिसिआर, एण्टीजेन परीक्षण गराइने र व्रतअवधीमा वास बस्नका लागि समितिले वासस्थानकोको समेत व्यवस्था गर्ने जानकारी दिएका छन ।