शुक्रबार, चैत्र १६, २०८०

स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँ सहित २ जना पक्राउ

सप्तरी माघ ५,
राजबिराज नगरपालिका ५ स्थित सडकबाट स्रोत नखुलेको नगद ९ लाख ९० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा डाक्नेश्वरी नगरपालिका(५ बस्ने ३० वर्षीय राजेश चौधरी र शम्भुनाथ नगरपालिका(१२ बस्ने २४ वर्षीय दिलिप मण्डल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०१-००३ प ३४७८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक राजेश र मोटरसाइकलमा सवार दिलिपलाई पक्राउ गरेको जनाउदैयस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।