बिहिबार, बैशाख १३, २०८१

सोमवारबाट माघ १५ सम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी हुँदै आएको मेला महोत्सवमाथि रोक लगाउन गृहलाई सिफारिस

काठमाडौ पुस २५,
कोभिड १९ संकट व्यवस्थापन केन्द्र [सीसीएमसी]को आज बसको बैठकले बढ्दो कोभिड संक्रमणको जोखिमलाइ दृष्टिगत गर्दै सोमवारबाट माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले गत शुक्रबार मात्रै २४ जनामा ओमिक्रोन प्रजातिको संक्रमण देखिनु संगै शनिवार र आइतवार उपत्यका केन्द्रीत हुँदै बढेको कोभिड संक्रमणको रफ्तार आफैमा जोखिम पूर्ण रहेको जनाउ सहित भिडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने तयारी अनुरुप सीसीएमसीले यस्तो निर्णय गरेको हो ।

साथै  बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्नुक अलावा तत्कालका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै  माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने , खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय संगै यसवीचमा समेत कुनै सुधार   हुन नसके बैठकले अर्को विकल्प  अन्र्तगत  प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने गरी समेत  निर्णय गरेको छ ।