शुक्रबार, चैत्र १६, २०८०

साल्ट ट्रेडिङका अध्यक्ष एवम वरिष्ठ उद्योगी मानन्धरको निधन

काठमाडौँ माघ ६,

साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष एवम् नेपालका चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको ९३ बर्षको उमेरमा निधन भएको छ।

भाषासेवी, समाजसेवी तथा पूर्व सांसद समेत रहेका उद्योगी मानन्धरलाइ केहि दिन यता ज्वरो र खोकीको सस्या देखिएसंगै पीसीआर परीक्षण गरिएको र त्यसक्रममा उहाँलाइ कोभिड भएको जानकारीदिदै काठमााडैं महानगर वडा न १७ का वडाध्यक्ष नबिन मानन्धरंले आफ्नो समाजीक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन ।

त्यस्तै वडाध्यक्ष मानन्धरले उद्योगी मानन्धरलाय उपचारको लागि आज साँझ हाम्स अस्पतालमा उपचारका लागि लगिइको र साँझ ७ बजे उहाँको निधन भएको जानकारी सम्प्रेषण गर्नुभएको छ। स्वर्गिय मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्  ।