बिहिबार, बैशाख १३, २०८१

सार्वजनिक स्थान वा निकायमा जाँदा खोप कार्ड अनिवार्य

काठमाडौं माघ ७,
काठमाडौँ उपत्यकामा शुक्रबारबाट घर बाहिर निस्किँदा कोभिड विरुद्धको खोप लगाएको खोपकार्ड बोक्नुपर्ने भएको छ। काठमाडौं उपत्यका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले बिहीबार जारी गरेको आदेशमा शुक्रबारदेखि घरबाट बाहिर निस्किँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने उल्लेख छ।

खोपकार्डको फोटो खिचेर मोबाइलमा बोके पनि हुने आदेशमा भनिएको छ। शुक्रबारदेखि सार्वजनिक स्थान जाँदा वा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड बोक्नुपर्ने आदेशमा उल्लेख गरिएको छ।

त्यस्तै आजबाट मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा पनि खोप कार्ड अनिवार्य गरिएको छ । कोभिड ओमिक्रोनको संक्रमण रोकथामका लागि भन्दै काठमाडौं उपत्यकाका प्रशासनले शुक्रबारदेखि सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमाहल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदासार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेको हो ।