शुक्रबार, चैत्र १६, २०८०

सहिद सप्ताह: शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा सहित श्रद्धासुमन

काठमाडौं माध १०,
सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा पुगेर काठमाडौँ महानगर प्रमुख एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, लगायतले पुष्पगुच्छा अर्पण गर्नुभएको छ । बढ्दो कोभिड महामारीका कारण यस बर्ष औपचारिक सभा विनानै महान सहिप्रति श्रद्धासुमन व्यक्त गरिएको हो ।

पुष्पगुच्छा अर्पणपछि सहिद सप्ताहका कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै मुल समारोहका संयोजक महानगर प्रमुख शाक्यले, पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु-याउन बलिदानी दिने सहिदको योगदानलाई प्रतिकुल परिस्थिति छ भनेर विर्सन नमिल्लने जनाउ सहित पछिल्लो समय कोभिड संक्रमणको दर बढ्ने क्रममा रहेका कारण यस बर्ष सहिद सप्ताहका कार्यक्रममा केही परिवर्तन गर्न वाध्य भएको बताउनुभयो ।

तयस्तै उहाँले माघ १६ गते विहान ९ बजे लैनचौरको सहिद स्मारकमा ज्ञात अज्ञात सहिदको सम्झनामा संक्षिप्त स्मृति कार्यक्रम आयोजना हुनेछ । त्यस अवसरमा प्रधानमन्त्रीसहित केही उच्च पदस्थ अधिकारी मात्र उपस्थित हुनुहुने जानकारी दिनु भएको छ।

सहिद शुक्रराजको जन्म वि. सं. १९५० सालमा बनासरमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज बिद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गर्नुभएको थियो ।

धार्मिक गतिबिधिबाट जहानियाँ शाशनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गर्नुभएको थियो । राणाको बिरोध गरेको यही आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो ।

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका ४ सहिदहरुको पूर्ण कदको शालिक उहाँहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ सालको श्रद्धाञ्जली सभामा स्थापना गरेका छन ।