बिहिबार, चैत्र १५, २०८०

संसद्मा देखिएको गतिरोध आफैमा घातक रहेको सत्तारुढ गठबन्धन समन्वय समिति बैठकको निष्कर्ष

काठमाडौं पुस २३,
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकले संघीय संसद्को बैठकमा प्रतिपक्षीदल एमालेको तर्फबाट हुँदै आएको अवरुद्धता संगै राष्ट्रिय साभ निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउने संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा विशेष छलफल गरेको ​छ ।

​बैठकमपछि पत्रकार हरुसंगै कुरा गर्दै सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधा बैठकले मुलत संसद्मा देखिएको गतिरोध आफैमा घातक रहेो जनाउ दिदै बैठक सुचारु गराउन पहल गर्ने निर्णय बताउनुभयो । साथै उहाँले बैठक सञ्चालनको लागि सरकार सरकारको जे भूमिका हुन्छ त्यस्ते भूमिका प्रतिपक्षीको पनि हुने भन्दै संसद अवरुद्धतानै निकास नभएको ठहर सहित बैठकले संसद बैठक सुचारु गर्न आवश्यक पहल गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सातवटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्ने लगायतका विष्यगत एजेन्दामा नितिगत निर्णय गरेको छ।

आजको बैठकमा
प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, नेकर्पा सका अध्यक्ष माधवकुमार नेपालसहित सत्ता गठबन्धनका शीर्ष नेतृत्वको उपस्थिती रहेो थियो ।