शुक्रबार, चैत्र १६, २०८०

संविधानको मर्म र भावना विपरितका कुनै पनि भनाइ स्वीकार्य हुन सक्दैन: नेता सिंह

काठमाडौं माघ ८,

गणेशमान सिंह फाउण्डेशनले प्रकाशन एवम् डा मिता सिंहद्वारा अङ्ग्रेजी भाषामा लिखित ‘द स्ट्रगल अफ गणेशमान सिंह’ नामक पुस्तकको कांग्रेस नेता प्रकाशमान सिंहले आज एक कार्यक्रमकावीच विमोचन गर्दै ​मुलुकमा प्रजातान्त्रिक मूल्य, मान्यता स्थापना गर्न र समाज रुपान्तरणका लागि स्व गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनु भएकोछ ।

त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा नेता सिंहले स्थानीय र सङ्घीय तहको निर्वाचनको विषयमा विभिन्न दलका नेताहरुका विभिन्न भनाइ बाहिर आएको प्रसंगमा केन्द्रीत हुँदै संविधानको मर्म र भावना विपरितका कुनै पनि भनाइ स्वीकार्य हुन नसक्ने बताउनुभयो । पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको दफागत व्यवस्थालाइ नजर अन्दाज गर्न नहुने उहाँको भनाइ रहेको थियो ।

कार्यक्रमममा कनकमणि दीक्षित प्राध्यापक कपिल श्रेष्ठ लगायतले मुलुकमा प्रजातनत्त स्थापनाका लागि गणेशमान सिंहको योगदान माथि प्रकाश पार्नु भएको थियो ।