बिहिबार, बैशाख १३, २०८१

संचारकर्मीसंगै यी सवारीसाधनमा जोरविजोर प्रणाली लागु नहुने : प्रशासन

काठमाडौं माघ ७,
बढ्दो कोभिड संक्रमणको जोखिमसंगै सरकारले आज मध्यरात्रीबाट काठमाडौं उपत्यकामा चल्ने सबै किसिमको सवारीसाधनमा लागु गर्ने जोरविजोर प्रणाली अन्र्तगत जोर गते जोर र विजोर गते विजोर सवारीसाधन चलाउन पाईने काठमाडौं जिल्ला प्रशासन कार्यालले जनाएको छ। त्यस्तै प्रस्तुत प्रणालीमा निश्चित संस्था र सेवाका सवारीसाधनहरु क्रमस सरकारी सवारी साधन, कुटनैतिक नियोगका साधन ,औषधि एवं औषधिजन्य पदार्थ बोकेका सवारीसाधन, दमकल, एम्बुलेन्स, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई भने छुट हुनेछ । त्यस्तै चालक र सहचालक मात्रै सवार निर्माण सामग्री बोक्ने सवारीसाधन,खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, मासुलगायत वस्तु बोकेका सवारीसाधन,सूचना बिभागबाट जारी प्रेसपास होल्डर सञ्चारकर्मीको सवारी साधन भने निर्वाध चल्न पाउने भएका छन् ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाका कर्मचारी, वायुसेवा कम्पनीका कर्मचारी, सरकारी कर्मचारी, स्वास्थ्यकर्मीलगायतका सवारीसाधन उपर पनि कुनै किसिमको रोकतोक नहुने तर, त्यस्ता सवारीसाधनका लागि सम्बन्धित व्यक्तिले सम्बन्धित कामको आधिकारिक परिचयपत्र भने वोकनुपर्ने प्रशासनले जनाएको छ।