बिहिबार, बैशाख १३, २०८१

शुक्रबारदेखि मौसमा हुँदै आएको उतारचढावमा क्रमिक सुधार हुने

काठमाडौं माघ १२ ,

जल तथा मौसम विज्ञान विभाग पछिल्लो समय पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसमा हुँदै आएको उतारचढावमा शुक्रबारदेखि क्रमिक सुधार हुने जनाएको छ। विभाग अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको बढ्दो प्रभाव आगामी शुक्रवारबाट कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जनाएकोहो ।

त्यस्तै विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एकाध स्थानमा वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको जनाउदै यसवीचमा हुन सक्ने चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।

साथै बिहीबार प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनुको अलावा बाँकी प्रदेशमा समेत आंशिक बदलीसंगै वर्षाको समेत सम्भावना रहेको जनाएको छ।