शनिबार, बैशाख ८, २०८१

वितेको २४ घण्टामा ३ हजार ७५ जनामा कोभिड संक्रमण , २ को मृत्यु

काठमाडौं पुस २८ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा नेपालमा २४ सय ४८ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।
९ हजार ५१ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ४८ जना र हजार ९८५ जनाको एन्टीजेन परीक्षण गर्दा ६२७ जना गरि ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिनुभयो ।

त्यसैगरी वितेको २४ घण्टामा २७८ जना संक्रमित कोभिड मुक्त चएको जानकारी दिदै मन्त्रालयले यसवीचमा दुई जनाको मृत्यु भएको जनाएको छ । साथै मुलुकमा सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ भने गत २४ घण्टामा दुई लाख १४ हजार ५७ जनाले खोप लगाएको जनाएको छ ।