शुक्रबार, चैत्र १६, २०८०

लैनचौरस्थित सहिद स्मारकमा ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धासुमन अर्पण

  अनुप प्रधान / काठमाडौ माघ १६ ,
सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा ज्ञात अज्ञात सहिदहरुको सम्झना गरिएको छ । स्मारकमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो ।

कार्यक्रममा संक्षिप्त मन्तव्य अभिव्यक्त गर्ने क्रममा प्रधानमन्त्री देउवाले, देशको स्वाधीनता र जनताको स्वतन्त्रताका लागि प्राणको आहुति दिने व्यक्तिहरु नै सच्चा सहिद भएको बताउनुभयो । ‘सहिद र सहिद परिवारको सपना पूरा गराउन सरकारले उहाँहरुको सम्मानमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छ । यी कार्यक्रमहरुले निरन्तरता पाउने बताउनुभयो ।

कार्यक्रममा महानगरका प्रमुख एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक शाक्यले, सहिदले देखाएको बाटोमा हिँडनु पर्ने बताउनुभयो । त्यस्तै उहाँले मुलकको स्वाधिनताका लागि तत्कालीन शासकले दिएको लाभको प्रस्तावलाइ अस्वीका गर्दै शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गर्ने महान शहीदहरुको बलिदानबाट मुलुक आज गणतन्त्रात्मक बन्न सफल भएको बताउनभयो ।

तत्कालीन शासकले शुक्रराज शास्त्री शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र १३ गते धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो भने माघ १५ गते शोभा भगवती किनारामा गंगालाल श्रेष्ठ र दशरथ चन्द एकले अर्कालाई देख्ने गरेर गोली ठोकिएको थियो ।

सहिद स्तम्भमा गृहमन्त्री बालकृष्ण खाँड, सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, कार्यपालिकाका जनप्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । कोविड संक्रमणका कारण यस बर्ष तोकिएका सीमित व्यक्तिहरुका विच मात्र कार्यक्रमको आयोजना गरिएको थियो ।