बिहिबार, चैत्र १५, २०८०

ललिता निवास प्रकरण: सिआइवीले दुई वर्षे अनुसन्धान सहित सरकारी वकिललाई बुझायो प्रतिवेदन

काठमाडौ पुस २२,
बहुचर्चित ललिता निवासको जग्गा प्रकरणको सुक्ष्म अध्ययन सहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान सहित को प्रतिवेदन आज सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

विसं २०७५ को मन्त्रिपरिषद् बेठकको निर्णयअनुसार ब्यूरोले विगत दुई वर्षदेखिको अनुसन्धान सकेर आज बुझाएको प्रतिवेदनमा ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जना भन्दा बढीलाई प्रतिवादीको पहिचान गर्दै तयार गरेको अनुसन्धान प्रतिवेदनमा राज्यका उच्च पदस्थ व्यक्तिको समेत संलग्नता रहेको उल्लेख गरिएको पनि ति व्यक्तिको को हुन भन्ने विवरण खुलाइएको छैन ।

स्मरण रहोस उक्त प्रकरणमा राज्यका उच्च पदस्थ व्यक्तिको समेत संलग्नता रहेको जिकिर रहेपनि पछिल्लो समय घटनासंग जोडिएका विचौलिया रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई मात्र पक्राउ परेका छन ।

त्यस्ते ब्यूरोले प्रतिवेदन बुझाएसंगै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले अवको चरणमा प्रतिवेदनको अध्ययनका लागि हामीले मान्छेहरु डिर्पोट गर्छौ । सरकारी वकिल तोक्छौँ । त्यसपछि सरकारी वकिलहरूले अध्ययन गर्नुहुन्छ । अध्ययन गरेपछि अनुसन्धान पुरा भएको अवस्था भयो भने चाहिँ मुद्दा चल्ने, नचल्ने निर्णय हुन्छ । चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालत जाने बताउदै प्रतिवेदनमा प्रहरीले जति जनालाई प्रतिवादी बनाएको भएपनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ हुनसक्ने जनाउ दिनुभएको छ।