बिहिबार, बैशाख ६, २०८१

ललिता निवास जग्गा प्रकरणः सरकारी कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका सुवेदी दम्पती रिहा

काठमाडौ पुस २८,
बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान व्युरो पक्राउ गरेका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई मंगलबार रिहा गरेको छ। ब्यूरोले अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा सुवेदी दम्पतिलाइ रिहा गरेको हो ।

मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदी दम्पतिले शोभाकान्त ढकालसँगको मिलेमतोमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा ३ साता पहिले प्रहरीले पक्राउ गरेका थिए ।

स्मरण रहोस प्रस्तुत जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर अझै अनुसन्धान नपुगेको भन्दै उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई नै फर्काइदिएको छ ।