बिहिबार, बैशाख १३, २०८१

राष्ट्रिय सभा : १९ रिक्त सदस्यको निर्वाचनमा सत्ता गठबन्धनको बर्चश्र्व

प्रदेश न १ बाट अल्पसंख्यक समूह वाहेक  बाँकी  १८ सिटमा  गठबन्धनका  उम्मेदवार निर्वाचित

काठमाडौं माघ १२ ,

आगामी फागुन २० गतेबाट पदावधि सकिदै गरेका राष्ट्रिय सभाको १९ रिक्त सदस्य पदका लागि आज भएको निर्वाचन मार्फत निर्वाचनबाट ७ महिला, ३ दलित, २ अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र ७ अन्य समूहका उम्मेदवार निर्वाचित हुने क्रममा लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

उक्त प्रदेशबाट विजयी हुने उम्मेदवारमा गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एसका राज्य लक्ष्मी गैरे र राजमोका तुलप्रसाद बिक रहेका छन ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि महिलातर्फ पनि गठबन्धनका तर्फबाट उम्मेदवार रहकी नेकपा एसकी गरिमा शाह , काँग्रेसका नारायण मिश्र र माओवादी केन्द्रका जगत पार्की निर्वाचित भएका छन ।

त्यस्तै गरि प्रदेश १ बाट पनि गठबन्धनको तर्फबाट महिलातर्फ जयन्ती राई निर्वाचित निर्वाचित हुँदै गर्दा यस प्रदेशबाट अल्पसंख्यक समूहमा नेकपा एमालेका उम्मेदवार सोनम ग्याल्जेन शेर्पा निर्वाचित भएको थाहा भएको छ। त्यस्तै प्रदेश न १ मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेत गोला प्रथाबाट निर्वाचित भएका छन । गठबन्धनबाट उम्मेदवार बनेका बस्नेत र एमाले उम्मेदवार गुरु बरालको समान मत आएपछि गोलाप्रथाबाट बस्नेत निर्वाचित भएको हो ।

त्यस्तै गरि बागमती प्रदेशको दुई रिक्त पदमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिलामा गोमादेवी तिमल्सिना र अन्यमा कृष्णप्रसाद पौडेल विजयी भएका छन । गण्डकी प्रदेश गण्डकी प्रदेशमा  गठबन्धनको तर्फबाट महिला कोटाबाट नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका छन भने दलित कोटा पनि गठबन्धनका उम्मेदवार भुवन सुनार र सुरेश आलेमगर विजयी भएका छन ।

त्यस्तै गरि कर्णाली प्रदेशबाट गठबन्धनको तर्फका नेपाली कांग्रेसका दुर्गा गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र एस समाजवादीका उदयबहादुर बोहोरा बिजयी भएका छन । त्यस्तै गरि मधेस प्रदेशमा पनि गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल र खालिद सिद्दिकी   निर्वाचित भएकी छिन् । निर्वाचित यी १९ सदस्य संगै अव एक सदस्य भने राष्ट्रपतिले मनोनित गर्नेछिन् ।