बिहिबार, बैशाख १३, २०८१

सातवटै प्रदेशमा मतदानको सम्पूर्ण तयारी पूरा , निर्वाचन सुरक्षाको जिम्मा प्रदेश प्रहरीलाई

राष्ट्रिय सभा सदस्य निर्वाचन:

काठमाडौ माघ ११,
राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि लागि बुधबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार निर्वाचनको तयारी पूरा भएसंगै मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा आउने क्रम सुरु भएको जनाउदै आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन गरिएको जानकारी दिएको छ ।

त्यस्तै सातवटै प्रदेशमा ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरि कुल २ हजार २५ जना मतदाता रहेको जानकारीदिदै निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारहरूसँग पछिल्लो समय हुनुपर्ने छलफलको क्रमलाइ समेत आयोगले निरन्तरता दिएको छ।

प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि हुने निर्वाचनको लागि सातै प्रदेशमा प्रदेश प्रहरी कार्यालयले आवश्यकता अनुसार प्रहरी परिचालन सहितको सुरक्षा व्यवस्था मिलाएको छ ।मौन अवधिमा आयोगले उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ ।साथै, निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन समेत दिएको छ ।