बिहिबार, बैशाख १३, २०८१

राष्ट्रिय सभा सदस्य निर्वाचन: एमाले र लोसपावीच गठबन्धन

काठमाडौँ माघ ६,
आगामी माघ १२ गते हुने १९ सदस्यीय रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमाले र लोकतान्धिक समाजवादी पार्टी लोसपा बीच गठबन्धन हुने भएको छ।

यी दुइ दलवीच भएको गठबन्धन सहमति अनुसार अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उम्मेदवार रुपाकुमारी यादवलाई दुवै पार्टीले एकअर्कालाई मतदानमा सघाउने रहेको छ ।

बिहीबार भएको सहमति पत्रमा एमालेका मधेश प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।