बुधबार, बैशाख १२, २०८१

राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आज आयोगमा सर्वदलीय बैठक बस्दै

काठमाडौ पुस ३०,
निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचन संगै स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आव्हान गरेको छ।

आजको बैठकम मुलत माघ पछिल्लो समय बढ्दो कोभिड जोखिम संगै माघ १२ माघका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्ने विषयमा दलहरुसँग छलफल हुने आयोगले जनाएकोछ ।

त्यसैगरी बैठकले स्थानीय तहको निर्वाचनका लागि सरकार समक्ष मिति प्रस्ताव गरिसकेकाले सर्वदलीय बैठकबाटै दलहरुको राय लिने तयारी समेत आयोगले गरेको छ। स्मरण रहोस आयोगले माघको पहिलो साताभित्र निर्वाचनको मिति नतोकिए वैशाखमा स्थानीय तहको निर्वाचन गर्न नसकिने बताउँदै आएको छ ।