शनिबार, बैशाख ८, २०८१

राष्ट्रिय सभा निर्वाचन: स्थानीय तहका १४ सय ९३ र प्रदेश सभाका ५३२ सहित २ हजार २५ मतदाता

काठमाडौं पुस १९,
आगामी माघ १२ गते सम्पन्न हुने राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि मतदानको विधिगत प्रक्रिया गत पुस १७ गते बाट सुरु भएको छ ।आगामी फागुन २० मा एमालेका ८ , काँग्रेसका ३ , एकीकृत समाजवादीका ४ र राष्ट्रपतिबाट मनोनित २ सदस्य समेत गरि १९ सदस्यको पदावधी सकिने भएसंगै रिक्त १९ सदस्यीय पदमा निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आसन्न् निर्वाचनमा भाग लिन कालागि १२ वटा दलले दल दर्ता गराएको जानकारी दिदै निर्वाचनको थप प्रक्रिया मंगलवार अर्थात पुस २० गते देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने देखि निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू जनाएको छ ।

त्यस्तै स्थानीय तहमा १४ सय ९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको राष्ट्रियसभा निर्वाचनका मतदानको लागि आयोगले आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था यसअघिनै गरिसकेको छ ।

आयोगका अनुसार यसअघिको प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गरिएको जनाउदै मतपत्रको सुरुमा एमालेको सूर्य चिह्न रहने छन् भने दोस्रोमा काँग्रेसको रुख, तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा, चौंथोमा जनता समाजवादी पार्टीको ढल्केको छाता रहने जनाएको छ। त्यस्तै सोहि क्रम अनुसार पाँचौंमा एकीकृत समाजवादी, छैटौंमा लोसपा, सातौंमा राप्रपा आठौंमा राजमो , नवौंमा नेमकिपा, १० औंमा प्रजातान्त्रिक जनता पार्टी, ११ औमा नेपाल लोकतान्त्रिक पार्टी र १२ औं स्थानमा नेपाल परिवार दलका चुवान चिह्न रहने जनाएको छ ।