शनिबार, बैशाख ८, २०८१

राप्रपा केन्द्रीय समितिमा थप ३१ केन्द्रीय सदस्य मनोनित

काठमाडौं पुस २०,

राष्ट्रिय प्रजातन्त्र पार्टीका   अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्यमा थप ३१ जना नेतालाई मनोनित गर्नुभएको छ। मंगलबार अध्यक्ष लिङ्देनले पार्टीको विधान अनुसार केन्द्रीय कार्य समिति सदस्यमा मनोनित गर्नुभएको हो ।

मनोनित केन्द्रीय सदस्यमा दीपक बोहरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम धर्ती मगर, ढंक ढकाल, प्रेमबहादुर भण्डारी, निरञ्जन थापा, भिमप्रसाद गौचन, हेमजंग गुरुङ, ठाकुरप्रसाद शर्मा, रामकुमार सुब्बा, मुकुन्दश्याम गिरी, दिनेश श्रेष्ठ, प्राडा गीताभक्त जोशी, भक्तिप्रसाद सिटौला, मोहनकुमार श्रेष्ठ हुनुहुन्छ ।

त्यसैगरी मनोनित अन्य केन्द्रीय सदस्यमा झनक प्याकुरेल, श्यामबहादुर शाही, एजी शेर्पा, पुष्पराज पुरुष, रमानन्न न्यौपाने, सरोजा शर्मा, रामप्रताप साह, रविन चाम्लिङ, उदयराज पोखरेल, सरस्वती केसी अधिकारी, दिनेश कार्की, वीरेन्द्र बम, केशवचन्द्र समाल, अम्बरबहादुर विष्ट र नवीन शाह रहेका छन ।