बिहिबार, चैत्र १५, २०८०

राप्रपामा दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित दुई दर्जन पदाधिकारीको मनोनयन [सूचीसहित]

काठमाडौं माघ १६ ,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन संगै पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरुमा पनि जिम्मेवारी बाँडफाँड गरेका छन् । यसअघि राप्रपाको महाधिवेशनबाट २ महामन्त्री, २ उपाध्यक्षसहित ८ जना निर्वाचित भएका थिए ।

पार्टीको विधानत व्यवस्था अनुरुप निर्वाचित पार्टी अध्यक्षले दुई महामन्त्री र दुई उपाध्यक्ष अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेअनुरुप उहाँले उपाध्यक्षमाद्दय मा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरीलाइ मनोनित गरेका छन भने महामन्त्रीमा ओखलढुगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हाद प्रसाद साहलाई मनोनित गरिएको छ ।

त्यस्तै ४ जना पार्टीको प्रवक्तामा जसजमा झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाल लाइ जिम्मेवारी दिएका छन् ।

यस्तै ७ सहमहामन्त्री, ६ सहायक मन्त्री र थप ४ सहायक प्रवक्ता सहित आर्थिक विभाग प्रमुखका भक्तपुरका दिनेश श्रेष्ठ , धर्म तथा संस्कृति समन्वय विभागमा ललितपुरका पुष्पराज पुरुष् सूचना तथा प्रविधी विभागमा खोटाङ्गका सविन चाम्लिङ्ग लगायत मनोनित भएका छन् ।