बिहिबार, चैत्र १५, २०८०

राप्रपाको चुनाव चिन्ह गाइसंगै एमालेको सूर्य चिन्ह समेत धरापमा

काठमाडौं माघ १०,
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ पत्राचार गरेसंगै पछिल्लो समय नेपाली राजनिति वृतमा नयाँ बहसको सुरुवात भएको छ।

निर्वाचन आयोगले राप्रपालाइ गाई चिन्ह हटाउनुको अलावा पार्टीको विधानबाट राजसंस्था र हिन्दु अधिराज्य जस्ता शब्द हटाउन पत्राचार गरेको हो ।

आयोगको प्रस्तुत पत्राचारसंगै प्रमुख प्रतिपक्षीदल नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ समेत हटाउन आयोगले पत्राचार गर्ने संभावना बढेका छन किनकी नेपालको राष्ट्रिय झण्डामा चन्द्र, सूर्य अंकित रहेका कारण पछिल्लो समय सर्वत्र सूर्यलाइ पनि दल विशेषको चुनाव चिन्हको रुपमा प्रयोग गर्न नमिल्लने विशेष बहस सहितका सर्वत्र जिकिर हुन थालेका छन । यद्यपी आयोगले एमालेलाई सूर्य चिन्ह हटाउन वा पुनरावलोकन गर्न आधिकारिक पत्र भने पठाएको छैन।

त्यस्तै बशसका कक्रममा यदि राप्रपाले आफ्नो चुनाव न्हि गाइ हटाउनु पर्ने अवस्था आए एमालेले पनि सूर्य चिन्शको किमार्थ प्रयोग गर्न नपाइने जनआवाज मुखरित भएका छन ।

तथापी आयोगको यो पत्रलाई लिएर राप्रपाले अदालत जाने तयारीमा लागेका छन । कथमकदाचित आदालतले आयोगको पक्षमा फैसला गर्दै राप्रपाको गाई चिन्ह हटाउन आदेश गरे राप्रपाको मात्र नभइ एमालेको सूर्य चिन्ह समेत धरापमा पर्ने प्राय निश्चित रहेको छ ।