बिहिबार, बैशाख १३, २०८१

यी हुन एकीकृत समाजवादी तर्फका राष्ट्रियसभा सदस्यको उम्मेदवार

काठमाडौं पुस १९,
आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले उम्मेदवारको छनौट गरेको छ । सत्तासाझेदार दल समेत रहेका नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाको १९ सिट मध्ये ५ सिट पाएको छ ।

एकीकृत समाजवादीले आफुलाइ प्राप्त् सिट अनुरुप छनौट गरेका उम्मेदवारमध्ये प्रदेश १ बाट जयन्ती राई बागमती प्रदेशका लागि गोमा तिमल्सिना लुम्बिनी प्रदेशका लागि राजेन्द्रलक्ष्मी गैरे र कर्णालीप्रदशोलागि उदय बोहोराको नाम छनौट गरेकाछ भने सुदूरपश्चिमबाट मदनकुमारी शाहलाइ उम्मेदवार बनाएको छ । छनौट गरिएका उम्मेदवारशरुले मंगलवार उम्मेदवारीको मनोनयन दर्ता गराउने भएको छ ।