शुक्रबार, बैशाख १४, २०८१

यसरी गरिन्छ सहकालका देवता सेतो मच्छिन्द्रनाथको महास्नान

काठमाडौं पुस २६,
सहकालका देवता सेतो मच्छिन्द्रनाथको आज विधिवत महास्नान गरिएको छ । सेतो मच्छिन्द्रनाथको रथजात्राको लागि हरेक वर्षको पौष शुक्ल अष्टमीको दिन महास्नान गराउने परम्परा अनुसार आज महास्नान गरिएको हो ।  त्यस्तै महास्नाानको क्रममा मूल पुरोहितले भार दिशा र अग्नि, नैऋत्य, वायु, इशानकोणको पूजाअर्चना पछि शोभाभगवतीस्थित निर्मल तीर्थबाट ल्याइएको जलले स्नान गरिएको थियो    ।

महास्नानको क्रममा राजधानीको वसन्तपुरस्थित कुमारीघरबाट जीवित देवी कुमारीलाई समेत लैजाने परम्परा रहिआएको छ । त्यस्तै महास्नानको भोलीपल्ट घाम तपाउने प्रचलन अनरुप मूर्तिलाई घाममा राख्ने बेला बदली हुने जनविश्वास रहिआएकोछ । त्यसपछिका दिनमा १० कर्मको संस्कार समेत गरिने परम्परा रहिआएको छ ।

राजधानीको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथलाइ हिन्दूहरुले हरिहरका रुपमा, बौद्ध धर्मावलम्बी आर्यावलोकितेश्वरका रुपमा तथा वैष्णवले नारायणका रुपमा पूज्ने गर्दछन ।