शुक्रबार, चैत्र १६, २०८०

यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न आयोगको आग्रह

काठमाडौं माघ ११,
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै २०७४ वैशाख ३१ गते पहिलो, असार १४ गते दोस्रो र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकाले जनप्रतिनिधिको पदावधि सकिन लागेको निर्वाचनको मिति तोक्न आग्रह गरेको हो ।

त्यस्तै आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलद्दारा जारी विज्ञप्तिमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था अनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ गते समाप्त हुने उल्लेख गर्दै स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्नपर्ने जिकिर गरिएको छ। 

साथै यसअघि सरकारलाई निर्वाचनको सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्थाबारे जानकारी गराइएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।