बिहिबार, बैशाख १३, २०८१

मुलुकको सामाजिक–आर्थिक रूपान्तरणका लागि पृथ्वीनारायण शाहका दूरदर्शी विचार महत्वपूर्ण : राष्ट्रपति

काठमाडौ पुस २७,
आज ३०० औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा राजधानीको सिंहदरबारको पश्चिम ढोकास्थित शाहको सालिकमा आधुनिक नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायणको शालीकमा माल्यापर्ण सहितका क्रार्यकम सहित विभिन्न संघसस्थाहरुले यो दिवस भव्यतापूर्व मनाईदै छ । राज्यको तर्फबाट त्यस्तो कुनै औपचारिक कार्यक्रम नगरिएपनि राष्ट्रिय एकता दिवसको अवसरमा जनस्तरमा यो दिवस मनाउने क्रमलाइ भने निरन्तरता दिइदै आएको छ ।

यद्यपी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन् ।

त्यस्तै राष्ट्रपतिले आफ्नो शुभकामना सन्देशमा “यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको उल्लेख गर्नुभएको छ ।

साथै उहाँले आफ्नो शुभकामना सन्देश मार्फत “तत्कालीन समयमा पृथ्वीनारायणले देशको सामाजिक, आर्थिक एवं वैदेशिक नीतिका सन्दर्भमा छाडेर गएका सन्देश वर्तमान अवस्थामा पनि उत्तिकै मननीय भन्दै महत्वपूर्ण राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धि हासिल गर्नुपर्ने वर्तमान चरणमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहका दूरदर्शी विचारलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुग्न जाने राष्ट्रपतिले सन्देशमा उल्लेख गरेकी छन् ।

 देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहेको राष्ट्रपतिको भनाइ छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठुलो योगदान गरेको तथ्य इतिहासमा अङ्कित रहेको राष्ट्रपतिले स्मरण गरेकी छन् । राष्ट्रपतिले सन्देशमा भनेकी छन्, “नेपाल एकीकरणको अभीष्ट मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोत तथा सम्पदाको उपयोग गरी आत्मनिर्भर, स्वाधीन र स्वावलम्बी अर्थन्तन्त्रसहितको सबल राष्ट्र निर्माण गर्नु नै थियो ।”