बुधबार, बैशाख १२, २०८१

माघ ७ गते देखि सार्वजनिक सेवा लिनका लागि पूर्ण मात्राको खोप कार्ड अनिर्वाय

होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड

काठमाडौं माघ ५ ,
पछिल्लो समय कोभिड–१९ को महामारी पुनः बढेसंगै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले मंगलवार जोखिम न्यूनिकरणका लागि लागि आमसभा, जुलुस, भेला नगर्न र धेरै मानिस भेला हुन निषेध सहितका जारी २७ बुँदे आदेश मंगलबार मध्यरातदेखि कार्यान्वयनमा आइसकेका छन ।

त्यस्तै जारी आदेशमा सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म रोक लगाइएको छ ।

यस्तै गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् । यस्तै विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भएको छ भने लामो दुरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गरेर मात्र यात्रा गराउनुपर्ने छ । प्रशासनले सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा सिट क्षमता भन्दा बढि यात्रु नराख्न, यात्रुलाई अनिवार्य मास्क अनिवार्य गर्ने,सवारी साधन दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने लगायतका व्यवस्था गर्न निर्देशन दिइएको छ।

साथै प्रशासनले होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड तोक्दै होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रूपमा मास्क, फेससिल्ड र पञ्जा लगाउनुपर्ने छ । त्यसैगरी होटल तथा रेस्टुरेन्टमा प्रवेश गर्ने सवै सेवाग्राहीले मास्क अनिवार्य गर्नुपर्ने तथा होटल तथा रेष्टुरेन्टले कुल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा माघ मसान्तसम्म नित्य पूजा र प्रार्थना मात्रै गर्न पाउने जिल्ला प्रशन कार्यालयहरूको नयाँ आदेशमा उल्लेख छ । मन्दिर,चर्च, मस्जिद, गुम्बालगायतमा भीड गर्न नपाइने भएको छ भने माघ ७ गते सार्वजनिक सेवा लिनका लागि पूर्ण मात्रा खोप लगाएको हुनुपर्नेछ । प्रशासनको निर्णयअनुसार क्रमस भौतिक उपस्थिति भई गर्नुपर्ने गोष्ठी, सेमिनार, समीक्षा बैठक जस्ता क्रियाकलाप गर्दा , सार्वजनिक निकायमा सेवा प्राप्त गर्न ,रङ्गशाला प्रवेश गर्न र होटल र रेस्टुरेन्टमा प्रवेश गर्न खोप लगाएको प्रमाण आवश्यक रहने जनाएको छ।