बिहिबार, बैशाख १३, २०८१

माघको पहिलो हप्ताबाट फ्रन्टलाइनर ‘बुस्टर डोज’ खोप दिइने

काठमाडौं २४ पुस,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको पहिलो हप्ताबाट सम्भावित कोभिड संक्रमणको तेस्रो लहरलाई दृष्टिगत गर्दै अग्रपङ्क्तिमा काम गर्ने फ्रन्टलाइनर र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई थप एक मात्रा खोप दिने तयारी भएको जनाएको छ ।

मन्त्रालयका अनुसार यस समूहमा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लक्षित रहेको र त्यसपछि दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाउने तयारी भएको जनाएको छ।

यसअघि मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो ।