मङ्लबार, बैशाख ११, २०८१

माओवादी केन्द्रको महाधिवेशन: पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी

काठमाडौं पुस १८,
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरेको छ । यसका लागि निर्वाचन कार्यतालिकाको संशोधन सहित आजदिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गर्दै सहमतिको लागि आवश्यक गृहकार्यको थालनी गरेको छ ।

यसअघि शनिबार साँझ बन्दसत्रमा पार्टी अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति जुटेको भन्दै आइतबार १ बजे सम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेसंगै पनर्वाचन कार्यतालिका संशोधन गर्दै बन्दसत्र स्थगित गरिएको हो ।

सम्वद्ध स्रोतबाट प्राप्त् जानकारी अनुसार १५ सदस्यीय केन्द्रीय पदाधिकारीकालागि सातै प्रदेश र उपत्यका विशेष प्रदेश समेतबाट क्लस्टर अनुसारका नाम सिफारिस भैसकेकाजनाएको छ । यसरी सिफारिस भएका पदाधिकारीको नाम यसअघि सहमित भएका केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्ने गरी तयारी रहेको समेत जनाएको छ।

नेकपा माओवादीले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ गरी १५ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति रहने पछिल्लो समय विधानत व्यवस्था पारित गरेको छ ।