शुक्रबार, चैत्र १६, २०८०

महामारीकै बीच पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

काठमाडौं माघ ६ ,
बढ्दो तेस्रो लहरको कोभिड महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित विषम अवस्थामा नेपाल आयल निगमले स्वचालित मूल्य प्रणालीको हवाला दिदै गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिका कारण जनता थप मारेको नेपाल विद्यार्थी संघले जनाएको छ ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले निगमको यसकिसिमको कार्यको भर्त्सना गर्दै जारी प्रेस विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएबाट पुनः सबै क्षेत्रमा चर्को मुल्यवृद्धि हुने भन्दै आहतका बेला राहत दिनुपर्नेमा जनताको चुलो बन्द गराउन स्वयम सरकार लागि परेको जनाउ दिएका छन ।

त्यस्तै विज्ञप्तिमा कालो बजारी र चुहावट नियन्त्रण, संकटको समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग, अनावश्यक करहरुको शीर्षक कटौतीतर्फ कुनै पहल नै नगरी संकट र महामारीकै बीच पटकपटक गरिएको मूल्यवृद्धि जनविरोधी कार्य भएको भन्दै अत्यावश्यकीय उपभोग्य बस्तुमाथि पटकपटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पीडा खेप्नुपर्ने भन्दै सरकारलाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता संघले माग गरेको छ ।