बुधबार, बैशाख १२, २०८१

महामन्त्री शर्मालाई कोभिड सङ्क्रमण

काठमाडौं माघ ५ ,
नपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोभिड सङ्क्रमण पुष्टि भएको छ । महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेसंगै गरिएको कोभिड परीक्षणको क्रममा कोभिड स सङ्क्रमण पुष्टि भएको हो । महामन्त्री शर्मालाई यसअघि पनि सङ्क्रमण भएको थियो ।

पार्टीको १४औँ महाधिवेशनको क्रममा सार्वजनिक कार्यक्रममा व्यस्त हुनुभएका महामन्त्री शर्मा हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा रहेको उहाँ निकट स्रोतले जनाएको छ।