बिहिबार, बैशाख १३, २०८१

महानगरको वडा न ४ मा पुस्तकालय र ज्येष्ठ नागरिक मिलन केन्द्रको शुभारम्भ

ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र बनाउनु हाम्रो नीति हो : मेयर शाक्य

काठमाडौं पुस १९

काठमाडौँ महानगरको वडा ४ नयाँ कोलोनीमा पुस्तकालय र ज्येष्ठ नागरिक मिलन केन्द्र शुभारम्भ गरिएको छ । सार्वजनिक जग्गा संरक्षण गरेर त्यस ठाउँमा यी सेवा सुरु गरिएका हुन् । आज संघीय संसद सदस्य एवं नेकपाका उपाध्यक्ष ईश्वर पोखरेल र काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा संघीय संसद सदस्य एवं नेकपाका उपाध्यक्ष पोखरेलले, सार्वजनिक जग्गा संरक्षण गरेर त्यही ठाउँमा सार्वजनिक उपयोगमा आउने पुस्तकालय र ज्येष्ठ नागरिकहरु भेटघाट गर्ने ठाउँ बनाउनु महत्वका दृष्टिले ठूलो भएको उल्लेख गर्नुभयो ।

त्यस्तै महानगरका मेयर शाक्यले, ‘हामी काठमाडौँलाई नयाँ सहर बनाउन सक्दैनौँ । जुन अवस्थामा छ, त्यसैलाई व्यवस्थापन गर्ने हो भन्दै जनताले निर्वाचनमार्फत आफूलाई दिएको जिम्मेवारी इमान्दारपूर्वक पूरा गरिरहेको बताउँनुभयो ।

यसैवीच काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा ३१ को प्रयाग मार्गमा ज्येष्ठ नागरिक विश्राम पार्क उद्घाटन गर्नुभएको   छ । ६० लाख रुपैयाँ लागतमा निर्माण भएको पार्क करीव २ रोपनी क्षेत्रफलमा विस्तारित रहेको छ ।

पार्क उद्घाटनकार्यक्रमा बोल्दै मेयर शाक्यले, वृद्धाश्रमको साटो ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापना गर्ने नीति बनाएर आफूले काम गरिरहेको बताउनुभयो । त्यस्ते उहाँले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्ताले सिक्ने वातावरण बनाउनका लागि वृद्धाश्रमको साटो ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापना गर्ने नीति बनाउने अभियान शुरु गरेको उहाँको भनाइ रहेको छ । त्यसअवसरम प्रमसख शाक्यले े महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रमुख प्रहरी नायव उपरीक्षक मीनबहादुर लामालाई प्रहरी पोष्टको साँचो हस्तान्तरण गर्नुभएको थियो । पार्कमा निर्माण गरिएको शौचालयको माथिल्लो तलाका २ वटा कोठा प्रहरीलाई दिइएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य गणेश दुलाल महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ र वडा न ३१ का वडाध्यक्ष नारायण भण्डारी लगायतले वोल्नुभएको थियो ।