शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद् बैठक : सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय

काठमाडौं  माघ १  , 

शुक्रवार बसेको  मन्त्रिपरिषद् बैठकले पछिल्लो समय बढ्दो  कोभिड संक्रमणको जोखिमलाइ  नियन्त्रण गर्न    कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र [सीसीएमसी] को सिफारिस अनुरुप  अब सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा पनि रोक लगाउने निर्णय गरेको छ। त्यस्तै, विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय  गरेको छ।

त्यस्तै  बैठले  कोभिड  महामारी नियन्त्रणका लागि आवश्यक पर्ने निषेधसम्बन्धी निर्णय गर्ने सबै अधिकार प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरुलाई दिने निर्णय  संगै   सरकारले आउँदो माघ १५ सम्म सबै स्कूल, कलेज र विश्वविद्यालयमा भौतिक पठनपाठन पनि बन्द गर्ने निर्णय  गर्दै यसवीचमा  भर्चुअल माध्यमबाट सञ्चालनका लागि प्रोत्साहित गर्न  निर्देशन दिएकोछ ।

त्यस्तै   पार्टी प्यालेस र ठूला होटलमा हुने कार्यक्रम  रंगशालामा खेलकुद प्रतियोगितामा   कूल क्षमताको एकतिहाई मात्र उपस्थित हुने व्वस्थामिलाउन   निर्देशन दिएकोछ ।  त्यस्तै  सिनेमा हल र डान्सबारलगायतका रात्रिकालीन व्यवसाय पहिलो चरणमा आउँदो माघ १५ सम्म बन्द गर्ने निर्णय संगै    क्याफे र होटल रेष्टुरेन्टमा कोरोनाविरुद्धको खोप लगाएको कार्डका आधारमा मात्र प्रवेश गराउने तथा सुपरमार्केट र डिपार्टमेन्टल स्टोरमा एकतिहाई मात्र प्रवेश गराउने निर्णय सरकारले गरेको छ।