शुक्रबार, चैत्र १६, २०८०

भारतका २६ राज्य कोभिड ओमिक्रोन भेरियन्टको प्रभावमा , संक्रमणको रफ्तार दिनहुँ बढ्दो

काठमाडौं पुस २२,
भारतमा कोभिड संक्रमणको रफ्तार तीव्ररुपमा फैलिएको छ । पछिल्लो २४ घन्टामा ९० हजार ९२८ जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । ती सञ्चारमाध्यमका अनुसार कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै भारतमा पछिल्लो २४ घन्टामा ९० हजार ९२८ जनामा संक्रमण देखिएको छ । यसअघि बुधवार ५८ हजारमा संक्रमण देखिएको थियो ।

भारतका २६ राज्यहरुमा ओमिक्रोन भेरियन्ट देखिएको छ । तीमध्ये सबैभन्दा बढी महाराष्ट्रमा देखिएका छन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटको कार्यक्रम समेत स्थगन गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

यसरी संक्रमणका रफ्तार बढेसंगै गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिटमा स्थगन भएसंगै प्रधानमन्त्री शेरबहादुर देउवाको आइतवारबाट हुने भनिएको ४ दिने भारत भ्रमण समेत रोकिएको छ ।