बिहिबार, बैशाख १३, २०८१

बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले स्थानीय निर्वाचनको मिति तोक्ने

काठमाडौं माघ ४ ,

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारममा आज बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकले स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने विषयगत एजेन्दामा नितगत सहमति कायम गरेका छन । यद्यपी यस विषयमा थप गृहकार्य सहित अर्को बैठकबाट थप निर्णय लिने मानसितामा नेताहरु रहेको बताइएकोछ ।

नेताहरुको छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको सन्चारकर्मीलाई जानकारी दिदै बिहीबार बस्ने अर्को बैठकले थप निर्णय लिने तयारी भएको जानकारी दिदै बिहीबार नै मन्त्रिपरिषदको नियमित बैठक पनि हुने भएकाले सोहि बैठकबाट मिति तोकिन सक्ने प्रवल संभावना रहेको जानकारीदिनभएकोछ ।

त्यसोत यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिदै त्यसको लागि माघको पहिलो साता सरकारले मिति तोक्नुपर्ने विषयगत जानकारी गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगका पदाधिकारीहरुले दिइसकेका छन । तर सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउनेबारे निर्णय गरिसकेको छैन ।