बिहिबार, बैशाख १३, २०८१

बिहीबारमात्रै पाँच हजार ८७ जना संक्रमितको पहिचान, ३ को मृत्यु

काठमाडौं पुस ३०,  
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले १३ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार २ सय ४ जना र हजार ८६ जनाको एन्टीजेन परीक्षण गर्दा ८८३ जना गरि कुल ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

त्यसैगरी मन्त्रालयले २४ घण्टामा ३०६ जना संक्रमति कोभिड मुक्त हुँदै गर्दा संक्रमणबाट ३ जनाको मृत्यु भएको जानकारी दिएको छ। साथै पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको जानकारीदिनुको अलावा पछिल्लो २४ घण्टामा ३ लाख २० हजार २६७ जनाले कोभिड विरुद्धको खोप लगाएको जनाएको छ ।