बिहिबार, बैशाख ६, २०८१

प्रेस काउन्सिलद्वारा पत्रपत्रिकाको वर्गीकरण सार्वजनिक [नतिजा सहित]

काठमाडौं माघ १६ ,

प्रेस काउन्सिलले आ.व   २०७५/७६ र २०७६/७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको हो।

पत्रपत्रिका वर्गीकरणको नतिजाका लागि यहाँ क्लिक गर्नुहोला :  

आर्थिक वर्ष २०७५/७६ को वर्गीकरणको लागि ९प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२० गरी ८८३ पत्रपत्रिका दर्ता भएका थिए । जसमध्ये क वर्गमा २१९, ख वर्गमा ४७६, ग वर्गमा १३७, घ वर्गमा १५ र नियमित तर हुबहु र वर्ग कायम नभएका ३६ पत्रपत्रिका रहेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ को वर्गीकरणको लागि ९प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०० गरी ८७८ पत्रपत्रिका दर्ता भएका थिए । जसमध्ये क वर्गमा २३९, ख वर्गमा ४३१, ग वर्गमा १६३, र नियमित तर हुबहु र वर्ग कायम नभएका ४५ रहेको काउन्सिलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।