शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री देउवा आइसोलेशनमा

नेता श्रेष्ठलाइ पनि कोभिड संक्रमण

काठमाडौं २४ पुस,
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको हो ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोभिड संक्रमण भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेका हुन् । देउवाको सचिवालयका एक सदस्यका अनुसार शुक्रबार कोभिड संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेशनमा बस्ने निर्णयमा पुगेका हुन् ।

प्राप्त जानकारी अनुसार केहीदिनको आइसोलेशनमा बस्दै बसेर कोभिड परीक्षण गराएपछि मात्रै सार्वजनिक कार्यक्रममा निस्कने जनाएको   छ । बैठकमा भएको भोलिपल्टै प्रचण्डलाइ कोभिड संक्रमण पुष्टि भएको हो ।

यसैवीच माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोभिड संक्रमण पुष्टी भएको छ। नेता श्रेष्ठले शनिवार सामाजिक संजालमार्फत सार्वजनिक गरेको जानकारी अनुसार नेता श्रेष्ठलाइ कोभिड संक्रमण भएको उल्लेख गरेका छन ।

नेता श्रेष्ठले ‘पीसीआर परीक्षणमा मलाई आफुलाइ संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तीमा १४ दिन आइसोलेसनमा नै रहनेछु’, श्रेष्ठले भनेका छन्, ‘हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु।’