शनिबार, बैशाख ८, २०८१

पार्टीलाई दुर्घटनामा लैजाने काम नर्गन लिङदेनलाइ थापाको चेतावनी

काठमाडौं माघ १६ ,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाइ आज औपचारि पत्र लेख्दै राप्रपाका निर्वतमान अध्यक्ष कमल थापाले आफूले पछिल्लो समय उठाएका सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयलाई उपेक्षा गर्ने प्रवृतिका कारण पार्टी दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै थापाले आइतबार लिखित ध्यानकर्षणमार्फत ुपार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईंले मेरो पत्रलाई रद्दीको टोकरीमा फाल्ने र पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई सहभागी र जानकारी नगराएर योजनाबद्ध रुपमा अलग्याउने प्रयास भइरहेकोमा विमति समेत व्यक्त गरेका छन ।

साथै निर्वतमान अध्यक्ष थापाले आफ्नो ध्यानाकर्षण पत्रमा राप्रपा निर्मल निवासले खोलेको पार्टी नभएको र निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि गर्न नहुनेजनाउ दिएका छन । साथै राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी भएका कारण आफ्ना मागलाई उपेक्षा गरेर भित्तामा पुराउने तथा पार्टीलाई दुर्घटना तर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको पत्रमा उल्लेख गरेका   छन ।