मङ्लबार, बैशाख ११, २०८१

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशैभर आंशिकदेखि सामान्य बदली र वर्षाको संभावना

देशभर बढ्दो चिसोे अझै बढ्ने क्रममा सुरक्षा तथा सतर्कता अपनाउन सबैमा अनुरोध

काठमाडौं माघ ८,
जल तथा मौसम विज्ञान विभागले शनिवार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले  शनिबार, आइतवार र सोमबार क्रमशः देशैभर प्रभाव पार्ने सम्भावना रहेको जनाएको छ।

त्यस्ते विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावकै कारण आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको समेत संभावना रहेको जनाएकोछ ।

त्यस्तै विभागले देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने जानकारी दिनुको अलावा चेतावनी तथा परामर्श जारी गदै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश नं एकका एकाध स्थानमा वर्षाको संभावना रहनुको अलवा देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेसंगै देशभर बढ्दो चिसोे अझै बढ्ने क्रममा रहेकोले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको छ।