शुक्रबार, बैशाख १४, २०८१

नेपालमा पनि ओमिक्रोन भेरिएन्टको संक्रमण उकालो लाग्दै

 १४ सय २६ जनाको जिन सिक्वन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि

काठमाडौं पुस २३,
नेपालमा पछिल्लो समय कोभिड संक्रमितको बढ्दो रफ्तारसंगै कोभिडको नयाँ ओमिक्रोन भेरिएन्टको २ दर्जन व्यक्तिमा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २६ जनाको जिन सिक्वन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा संगीता मिश्रले जारी गर्नुभएको विज्ञप्तिमा अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पोजिटिभ नमूनाको जिन सिक्वन्सिङ गर्दा २५० नेगेटिम पत्ता लाग्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको उल्लेख गर्दै पछिल्लो समय संक्रमणको स्थिती भयावह बन्दै गएका कारण आवश्य स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।


यसअघि नेपालमा तीन जनामा ओमिक्रोम पुष्टि भएको थियो । योसँगै नेपालमा ओमिक्रोम पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ ।