बिहिबार, बैशाख १३, २०८१

नुवाकोटमा मनाइने गोरु जुधाई मेला स्थगित

काठमाडौ पुस २९,
पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमसंगै माघे संक्रान्तिको अवसरमा नुवाकोटमा मनाइने गोरु जुधाई मेला स्थगित भएको छ ।नुवाकोटको तारकेश्वरमा प्रत्येक वर्ष माघे संक्रान्तिका दिन भव्य रुपमा ऐतिहासिक पर्व गोरु जुधाई मेला मनाइने गरिन्छ ।

बिहीबार तारकेश्वस्थित माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले सूचना जारी गरी बढ्दो ओमिक्रोन भेरियन्टको खतरालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१० व्यवस्थापनको निर्णयअनुसार प्रत्येक वर्ष माघ १ गते सञ्चालन हुने ऐतिहासिक पर्व गोरु जुधाई कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

अध्यक्ष श्रेष्ठले गोरु जुधाई कार्यक्रम स्थगित हुँदा पर्न गएको क्षतिप्रति सम्पूर्ण कृषक तथा दर्शकहरुसँग क्षमा समेत मागेका छन् ।