शनिबार, बैशाख ८, २०८१

निमित्त वन निर्देशक बिष्ट दम्पति विरुद्ध छ करोड ८७ लाख माग दावी सहित भ्रष्टाचारको मुद्धा दायर

काठमाडौं पुस २१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन निर्देशनालय धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज बिष्टबिरुद्ध छ करोड सतासी लाख सन्ताउन्न हजार असी रूपैंया विगो माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्यस्तै आयोगले निमित्त वन निर्देशक बिष्टले गैरकानुननी रुपम आर्जन गरेको रकम निजकी श्रीमतीको नाममा रहेको घरजग्गा तथा बैंक खाताहरुमा रहेको मौज्दात मध्ये स्रोत पुष्टि हुन नसकेका कारण रुबी जिसी बिष्टको नाममा रहेको श्री सम्पति समेत गैरकानुनी आर्जन भएको जनाउदै आयोगले विष्टको श्रीमती रुबी जिसी विष्ट समेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन मागदावी गरिएको छ।

आयोगका अनुसार बिष्टले बैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समुहमा उपभोक्ता समुहका साधारण सदस्यहरु र पदाधिकारीहरुले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एक भन्दा धेरै वन उपभोक्ता समुहमा सदस्य बनाई कार्यक्रम अन्तर्गत रुख कटान गर्ने कार्यमा संलग्न रही अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको जनाएको छ।