बिहिबार, बैशाख १३, २०८१

देशभर थप ९४४ जनामा संक्रमण पुष्टि हुँदै गर्दा २९७ जना संक्रमित कोभिड मुक्त

काठमाडौं २४ पुस, 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणको क्रममा ६९६ र ३५०२ एन्टिजेन परीक्षणको क्रममा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै यसवीचमा २९७ जना संक्रमित कोभिड मुक्त भएको जनाउनुको अलावा वितेको २४ घण्टामा कसैको मृत्यु नभएको जनाएको छ ।त्यस्तै देशभर ६ हजार १४० जना सक्रिय संक्रमित रहेको छन् ।

साथै संक्रमितमध्ये हालसम्म ८ लाख १८ हजार ६ जना निको हुँदा कुल ११ हजार ६०२ जनाको मृत्यु भएको जानकारी समेत मन्त्रालयले दिएको छ।