शुक्रबार, चैत्र १६, २०८०

थप ६,७३४ जनामा कोभिड संक्रमण, ३ को मृत्यु

काठमाडौं माघ ३, 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ हजार १४ जनामा पीसीआर परीक्षणको क्रममा ५ हजार ७४७ जना र ३ हजार ४५१ जनामा एन्टीजेन परीक्षणको क्रममा ९८७ जना गरि कुल ६७३४ जनामा कोभिड संक्रमण पहिचान भएको जनाएकोछ ।

त्यस्तै, मन्त्रालयले पछिल्लो २४ घण्टामा ५४७ जना संक्रमित संक्रमण मुक्त भएको जानकारी दिनुको अलावा सोहि अवधिमा ३ जनाको मृत्यु भएको जनाएको छ ।

यसैगरी, देशभर हालसम्म ३० हजार ८७७ जना सक्रिय सङ्क्रमित रहेको जनाउनुको अलावा मन्त्रालयले पछिल्लो २४ घण्टामा एक लाख ४३ हजार ३६० जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ ।