शुक्रबार, चैत्र १६, २०८०

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं २४ पुस,
महानगरीय वृत्त जनसेवाले काठमाडौं महानगरपालिका २२ न्यूरोड पाको डेरा गरी बस्ने ४४ वर्षीय झलक बहादुर श्रेष्ठको कोठामा तास खेलिरहेको अवस्थामा झलक बहादुर लगायत ८ जनालाई शुक्रबार साँझ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दै जुवा खालबाट १ बुक तास र नगद २ लाख १ हजार रुपैयाँ सहित उनिरुलाइ पक्राउ गरेको जनाउदै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकोछ ।