शनिबार, बैशाख ८, २०८१

जबरजस्ती करणी पछि बालिकाको हत्या गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं माघ ३
लामो समयपछि प्रदेश २ ले प्रदेशको नामाकरण सहित राजधानीको नाम समेत पाएकोछ । प्रदेश २ को सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधामको प्रस्ताव उपर भएको मतदानबाट बहुमतले पारित गर्दै प्रदेश र राजधानीको नाम सहितको प्रस्ताव अनुमोदन गरेको हो ।

आजको बैठकमा प्रदेशसभा सदस्यहरु शैलेन्द्र साह, शैलेन्द्र यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश हुनुपर्ने प्रस्ताव गरेपछि भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० र विपक्षमा १९ मत परेको थियो । त्यस्ते राजधानीको हकमा राजधानी जनकपुरधाम राख्न गरेको प्रस्ताव माथि भएको मतदानमा राजधानी जनकपुरको पक्षमा ७८ मत र विपक्षीमा २१ मत परेको थियो ।

 प्रदेश सभामा भएको मतदान पछि सभामुख सरोजकुमार यादवले मतपरिणाम सुनाएका थिए । उनका अनुसार आज भएको मतदानमा उपस्थित भएका ९९ जना सांसदहरू मध्ये ७८ जना सांसदले जनकपुरधामको पक्षमा मतदान गरेका थिए ।

प्रदेश सभामा रहेका कुल १०४ जना सांसद संख्याको दुई तिहाइ मत भएकोले जनकपुरधाम स्थायी राजधानीको रूपमा दुई तिहाइ बहुमतले पारित भएको सभामुख यादवले जानकारी दिनुभएकोहो ।