शुक्रबार, चैत्र १६, २०८०

चीनबाट थप ११ लाख ८४ हजार डोज कोभिड विरुद्धको भेरोसेल खोप आइपुग्यो

काठमाडौ पुस २८,
एसियाली विकास बैंकको ऋण सहयोगमा चीनबाट थप ११ लाख ८४ हजार डोज कोभिड विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। सरकारले खोप अभियान सुरु गरेयता ७६।२ प्रतिशत लक्षित समुहले खोप लगाइसकेको जानकारी दिदै स्वास्थ्य सेवा विभागले नेपाललाइ भेरोसेल, कोभिसिल्ड, एस्टाजेनेका, फाइजर, मोर्डना, जोनसन लगायतका चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप प्राप्त गरेको जानकारीदिएको छ ।

यसमध्ये सरकारले खोप अभियान अन्र्तगत दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाएको जानकारी दिएको छ। विभागका अनुसार त्यस्तै कुल जनसंख्याको ४९.९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।

पछिल्लो केहि दिनदेखि कोरोनाको संक्रमणदर बढ्दो छ । विज्ञहरुले नयाँ संक्रमणबाट जोगिनका लागि समेत खोप लगाउन दिएको सुझाव अनुसार सरकारले आगामी माघ महिनादेखि लक्षित समूह निर्धारण गरी भेरोसेल खोपको बुस्टर डोज दिने योजना समेत बनाएको छ। बनाएको छ