शुक्रबार, बैशाख १४, २०८१

कोभिड संक्रमितको बढ्दो रफ्तार, २ हजार ४४४ जनामा कोभिड संक्रमण ,स्थिती जटिल बन्दै

काठमाडौं पुस २७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा १० हजार ६४८ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार ९८१ जनामा र ४ हजार ३८५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४६३ जना गरि २ हजार४४४ जनामा कोभिड संक्रमितको पहिचान भएको हो ।

त्यस्तै, मन्त्रालयले यही अवधिमा थप ३१३ जना संक्रमित उपचार पछि संक्रमण मुक्त भएको जनाउदै देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएको जनाएको छ । साथै यसवीचमा थप १ जनाको मृत्यु भएको र योसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ हजार ६०७ पुगेको जनाएको छ ।

त्यस्तै देशभर हालसम्म ९ हजार ५२२ जना सक्रिय सङ्क्रमित रहेको छ भने वितेको २४ घण्टामा १ लाख ८० हजार ४५७ जनाले कोभिड विरुद्धको खोप लगाएको जानकारी दिएको छ।